सर्लाही । नेकपा एमालेका नेता रामनरेश यादवको हत्या भएको छ। मर्निङ वाकमा निस्किएका एमालेका नेता यादवको सर्लाहीको हेमपुर–८ मा मंलवबार विहान धारिलो हतियार प्रयोग गरी हत्या गरिएको सर्लाही प्रहरी प्रमुख केदार ढकालले जानकारी दिए।

ढकालले दिएको जानकारी अनुसार नेता यादवको हेमपुर–८ को रहनिया र पछगछियावीचको एकान्त ठाउँमा बिहानै हत्या भएको हो। हत्या कस्ले र किन गरेको भन्नेबारेमा केही खुल्न नसकेको एसपी ढकालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एमाले सर्लाही अध्यक्ष रेवती पन्तका अनुसार हत्या गरिएका यादव एमाले सर्लाही जिल्ला सदस्य हुन्। पूर्व जिल्ला विकास समितिका सदस्य समेत रहेका यादव हेमपुर गाविसकै पूर्व गाविस अध्यक्ष पनि हुन्।

पन्तले पहिले आँखामा खुर्सानी छरेर धारिलो हतियारको प्रयोग गरी हत्या भएको अवस्थामा यादव भेटिएको वताए । पन्तले यादव सधै विहानै उठेर मर्निङ वाकमा हिड्ने गरेको वताए।

Comments