मेलबर्न । क्रिसमसका दिन परिवारसँग विदा मनाउँने क्रममा न्यू साउथवेल्सको नोर्वामा पौडि खेल्दै गर्दा डुबेर निधन भएका पूर्ण बोहोराको निधनप्रति नेपाली समुदायले गहिरो शोक व्यक्त गरेका छन् । बोहोराको असमायिक निधनले अष्ट्रेलियाली नेपाली समुदायले सक्रिय साथी गुमाएको उल्लेख छ ।

यसैबीच चितवन समाज भिक्टोरियाले शोक व्यक्त गरेको छ । सामाजिक सञ्जाल मार्फत समाजले चितवन निवासी बोहोराको निधनप्रति गहिरो शोक व्यक्त गरेको हो । ‘हाल सिड्नी लाई आफ्नो कर्म थलो बनाउनु भएका पूर्ण बोहराजीको असामायीक निधनप्रति चितवन समाज भिक्टोरिया दुस्ख ब्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारजनलाई यस दुखको घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना पनि गर्दछौ । पूर्ण बोहराजी प्रति हार्दिक श्रदान्जली ।’ समाजको सन्देशमा उल्लेख छ ।

सिड्नीको हर्सभिलमा बसोबास गर्ने ४५ वर्षीय पूर्ण बोहरा सिड्नीमा नेपाली समूदायमाझ निकै सक्रिय व्यक्तित्वका रुपमा रहनुभएको थियो । बोहरा परिवारका साथ बिदा मनाउन न्यू साउथवेल्सको नोर्वामा पुगेका थिए । परिवारसँगै खेलामा पौडी खेल्दै गरेको बेला दुर्घटना भएको थियो । तत्कालै आपतकालीन सेवालाई उद्धारका लागि बोलाउँदा ढिला भइसकेको थियो । उहाँ प्रवासी नेपाली मञ्चका सदस्य हुनुहुन्थ्यो । उहाँको शवलाई शोलाभेन डिष्ट्रिक मेमोरियल अस्पताल नोर्वामा राखिएको छ भने पोष्टमार्टमपछि परिवारलाई दिइने प्रहरीले जनाएको छ ।

परिवारका एकमात्र आम्दानीको श्रोत उनी नै रहेको भन्दै अन्त्यष्टिका लागि सहयोग गर्न प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले अपिल गरेको छ । उहाँको एक छोरा र एक छोरीका साथै श्रीमती छन् ।

Comments

comments