काठमाडौँ । भारतमा जारी साफ चयम्पियनसिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र भारतको सामना गर्दैछ ।

भारतको केरेलास्थित त्रिवेन्द्रम रंगशालामा आइतवार साँझ हुने समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

उद्घाटन खेलमा श्रीलंकासँग एक सून्यले पराजित भएको नेपाललाई अघिल्लो चरण प्रवेशका लागि भारतमाथि स्पष्ट जित आवश्यक छ । भारतमाथि दुर्इ सून्यको जित निकाले नेपाल भारतसँगै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गर्नेछ । हार वा बराबरीमा रोकिए नेपाल समूह चरणबाटै बाहिरिने छ ।

नेपाल र भारतवीचको खेलसँगै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समिकरण पुरा हुनेछ । समूह ए मा नेपालसँगै रहेका भारत र श्रीलंकाको ३–३ अंक छ भने नेपाल अंकविहीन छ ।

Please follow and like us:

Comments