मेलबर्न । क्रिसमस मनाउँने क्रममा अष्ट्रेलियाको भिक्टोरियामा आगलागी हुँदा १०० घर जलेर नष्ट भएका छन् ।

दक्षिण अष्ट्रेलियाको प्रसिद्ध पर्यटकीय क्षेत्रमा आगलागी हुँदा हजारौंले घरवार गुमाएको अष्ट्रेलिया प्रहरीले शनिवार पुष्टि गरेको छ । भिक्टोरियाको ग्रेट ओसन रोडमा फैलिएको आगो चिसो मौसमसँगै शनिवार परेको सीमसीमे पानीका कारण नियन्त्रणमा लिन केही सजिलो भएको प्रहरीको भनाइ छ । आगलागीबाट कसैको मृत्यु भने नभएको भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्टका कमिसनर क्रेग लाप्सेलीले बताए ।

आगोले भीषण रुप लिएपछि सयौंको संख्यामा रहेका अग्नी नियन्त्रकहरुले क्रिसमसको रात आगो निभाएरै विताएका थिए । आगलागीबाट सानो शहर वेय रिभरका ११६ वटा घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट जलेर नष्ट भएका अधिकांश घरहरु विदा मनाउँन जान प्रयोग हुने घरहरु रहेको प्रहरीले जनाएको छ ।

Comments

comments