नृत्य निर्देशन विधामा पोख्त मानिएका गोविन्द राईकोे डेब्यू फिल्म रहेको नागबेली नेपाली  दर्शकले हेर्न  त्यति रुची  देखाएनन् । आफ्नो मार्केटिङ शैली नै कम्जोर भएको स्वीकार गर्दै निर्माण पक्षले आफ्नो फिल्मले दर्शक तान्न नसकेको स्वीकार गरेका छन् |त्यसो त नागबेलीले प्रदर्शन पूर्व प्रचारको आफ्नै शैली प्रयोग नगरेको भने होइन |

nagbeli2

नयाँ बर्ष २०७१ को तेश्रो महिना कति सक्दा कबड्डी र नोभेम्बर रेन मात्र  दर्शकको मनमा बसेको देखियो  भने त्यस बाहेकका सवै फिल्महरु फल्पको सूचिमा परेका छन् ।

५० लाख बजेटमा बनेको नागबेलीको एक हप्तामा मात्र २३ लाख ७९ हजारको कुल ग्रस कारोबार भएको छ । त्यस मध्ये १२ लाख १४ हजार मोफसल कलेक्सन रिपोर्ट हो भने बाँकी ११ लाख ६५ हजारको ब्यापार राजधानीको हो ।

 नागबेलीकी निर्माता रोमियन लिम्बु हुन । कुल ग्रस कलेक्सनको बढीमा ४० प्रतिशत हिस्सा निर्मातालाई दिदा हातमा करिब १० लाख मात्र पर्दछ । एउटा चलचित्रमा गरेको लगानी र मेहनतको मूल्य समेत दर्शकको मन नै जित्न नसक्दा चुर्लुम्मै भए पछि निराशाजनक स्थितिमा पुग्ने निर्माता रोमियन मात्र होइनन् |

Comments