दार्चुला जिल्लामा पाँच दिन देखि लगातार परेको वर्षाले सडक अबरुद्ध हुँदा दार्चुला सदरमुकाम खलाङ्गा सँगको  सवारी आगामन प्रभावित भएको छ ।

महाकाली लोकमार्गको धामीगडा क्षेत्रमा  वर्षा पछी गएको पहिरोले सडक अबरुद्ध बनाएपछि खलंगासँगको सवारी आवागमन टुटेको छ |  सडक अबरुद्ध भएपछि बिगत चार दिन देखि सदरमुकामसम्म यातायातका साधन सञ्चालनमा छैनन् |  काटै–खलंगा सडकमा पनि पहिरो जाँदा त्यस तर्फका सवारी साधन पनि बाटैमा रोकिएका छन् |

धाप, दत्तु भर्तोलामा तथा ग्वानीमा पनि सडकक्षेत्रमा थुप्रै  पहिरो गएको छ । दुहूँ क्षेत्रलाई सदरमुकाम जोड्ने सडक पनि पहिरोको चपेटमा परेको छ । सो क्षेत्रमा निर्माणाधिन दार्चुला तिंकर सडकखण्डको राताकाडा र तिमुरपाटा क्षेत्रमा पहिरो जान सुरु गरेको छ । वर्षा नरोकिएकोले सडकमा थप अबरोध हुन् सक्ने देखिएको छ | बन्द सडक खुलाउन निकै समय लाग्न सक्ने स्थानीय प्रहरीले जनाएको छ | ( फाइल फोटो: खलङ्गा)

Comments