एजेन्सी । कलर्स टेलिभिजनमा प्रसारण भैरहेको रियलिटी शो विग बोसमा सहभागी मन्दना करिमीसँग सलमान खानले रोमान्स गर्ने भएका छन् ।

बलिउड खबरहरुका अनुसार सलमान खानको आगामी फिल्म सुल्तानमा मन्दना नायिकाका रुपमा रहने लगभग पक्का भएको छ । इरानकी यी मोडल अहिले बलिउडमा करियर बनाउँने योजनाका साथ संघर्षरत छिन् । आकर्षक फिगर र सुन्दर अनुहार भएकी मन्दना शोका होस्ट समेत रहेका नायक सलमानका प्रिय प्रतियोगीका रुपमा समेत रहँदै आएकी छिन् ।

सुल्तानका लागि दामो समयदेखि नयाँ अनुहारको खोजी भैरहेको थियो । यसबीचमा दीपिका पादोकोण,परिणिती चोपडा र कृति सेनन्सँग समेत सुल्तानका लागि कुराकानी भएको थियो । तर नयाँ अनुहार लिदा उपयुक्त हुने भन्दै नयाँ अनुहारको खोजी शुरु भएको थियो । त्यहीबीचमा सलमानको नजर मन्दनामाथि परेको हो ।

मन्दनासँग अहिले प्रारम्भिक चरणको कुराकानी भैरहेको खबरहरुमा उल्लेख छ ।

Comments

comments