मेलबर्न । स्टुडेन्ट टकमा यसपटक हामीले फेडेरेशन यूनिभर्सिटी अन्तर्गतको एमआइटी कलेजमा अध्ययनरत आकांक्षा तामाङसँग कुराकनी गरेका छौं । काठमाडौंका उनी अहिले अष्ट्रेलियामा इन्फर्मेशन टेक्नोलोजीमा बिआइटी गर्दैिछन् । प्रस्तुत छ उनीसँग गरिएको छोटोमीठो कुराकानी :

तपाईको घर कहाँ पर्छ ?
काठमाडौं,नेपाल ।

कहाँ पढ्दै हुनुहुन्छ ?
म फेडेरेशन यूनिभर्सिटी अन्तर्गतको एमआइटी कलेजमा पढदैछु ।

के पढ्दै हुनुहुन्छ ?
इन्फर्मेशन टेक्नोलोजीमा बिआइटी गर्दैछु ।

आफूले रोजेको विषय कि परिवारले रोजेको ?
यो विषय म आफैंले रोजेर पढ्दैछु ।

विद्यार्थी जीवन किन रमाइलो ?
नयाँ नयाँ ठाउँका साथीहरुसँग चिनजान हुने मात्र होइन,एउटै कक्षामा बसेर पढ्न पाइन्छ । धेरै साथीहरु बनाउँन पाइन्छ । अनि नयाँ नयाँ कुराहरु पनि सिक्न पाइने भएकोले मलाई त विद्यार्थी जीवन एकदम रमाइलो लाग्छ ।

Student Talk 0

विद्यार्थी जीवन किन नरमाइलो ?
खै मलाई त विद्यार्थी जीवन कहिले पनि नरमाइलो लाग्दैन ।

कलेजमा लभ गर्नु ठीक हो ?
मेरो विचारमा ठिकै हो हाहाहा..अचेल फेसबुक,भाइबर,वीच्याटबाट त लभ हुन्छ,कलेजमा झन् किन नहुनु नि ?

लेक्चर मीठो कि लभलेटर ?
लभ लेटर कस्तो हुन्छ अहिलेसम्म थाहा छैन,हाहाहा । तर लेक्चर पनि रमाइलो रहेछ भने मिठै लाग्छ ।

कक्षामा कस्तो बेला निदाइन्छ ?
कक्षामा लेक्चर चलिरहेको बेला धेरैजसो निदाउँछु ।

कक्षामै देखेको कुनै मीठो सपना ?
कक्षामा निदाउँन त धेरै पटक निदाएँ,सपना पनि देर्खे । तर अहिले सबै विर्सें ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको जीवन कस्तो छ ?
अष्ट्रेलियाको जीवन एकदम गाह्रो छ । आफ्नो घरपरिवारबाट टाढा एक्लै बस्नुपर्दा गाह्रो हुनु त स्वभाविकै हो । यहाँ हामीले सोचेको जस्तो एकरत्ति पनि हुँदैन । मलाई त के लाग्छ भने यसरी अर्काको देशमा आएर त्यति धेरै खर्च गरेर पढ्नु भन्दा आफ्नै देशका राम्रा कलेजहरुमा पढेकै राम्रो हुन्छ ।

Comments

comments