काठमाडौं । किर्तीपुरको चाल्नाखेलबाट हराएको नेपाल प्रहरीका डीएसपीको पेस्तोल ३१ घण्टा पछि फेला परेको छ ।

मंगलबार अपराह्न एभरेष्ट ग्यासमा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा डीएसपी टिकाबहादुर केसीको पेस्तोल गायब भएको थियो ।

उक्त पेस्तोल बुधबार साँझ ३१ घन्टापछि चाल्नाखेलका विकेश कार्की नामका युवकको घरमा फेला पारिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

चाल्नाखेलकै एक स्थानीय युवकले दिएको सुराकीका आधारमा कार्कीको घरबाट पेस्तोल बरामद गरिएको हो । घरमा प्रहरी आएपछि कार्कीले पेस्तोल प्रहरीलाई बुझाएका थिए ।

चाइनिज कम्पनीको उक्त मिनि पेस्तोलमा ७ राउण्ड गोली लोड भएको थियो ।

Comments

comments