काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग १–० गोलले पराजित भएको छ ।

भारतको केरलामा बुधबार भएको पहिलो खेलमा श्रीलंकाले इन्जुरी समयमा गोल गर्दा नेपाल १–० ले पराजय भोग्न बाध्य भयो ।

निर्धारित ९० मिनेटको खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको नेपाललाई इन्जुरी समयको अन्तिम मिनेटमा श्रीलंकाका रिफनास मोहमदले गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए ।

खेलमा अधिकांश समय नेपालले बल नियन्त्रणमा लिएको थियो । आजको खेलसँगै श्रीलंकाको दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । फिफा बरियतामा श्रीलंकाभन्दा दुई स्थान माथि रहेको नेपालले अब दोस्रो खेलमा आगामी आइतवार भारतको सामना गर्नेछ ।

नेपाल र श्रीलंका अहिलेसम्म १६ पटक भिडिसकेका छन् । जसमा नेपाल पाँच खेलमा विजयी भएको छ भने ९ खेल बराबरी र ३ खेलमा नेपाल पराजित भएको छ ।

पाकिस्तानले प्रतियोगितामा भाग नलिने घोषणा गरेपछि यसपटक दक्षिण एशियाका ८ राष्ट्रमध्ये नेपालसहित ७ राष्ट्रले मात्रै साफ च्याम्पियनसिपमा भाग लिएका छन् ।

Comments

comments