पश्चिम नेपालको पहाडी भूभागमा जन्मिएर युद्धको भुमरीमा हुर्किएका पुष्कर  शाहले आफुलाई जन्मदिने पितालाई समेत युद्धमा नै गुमाए | अस्थिर राजनीतिक द्वन्दले आजित भएका पुष्कर शाह शान्तिको खोजीमा आफ्नी आमाले दिएको रु सय अनि ६० किलो बन्दोबस्तीका समान बोकेर विश्व साइकल यात्रामा निस्किए | बुद्ध जन्मेको देशबाट शान्ति र आशाको संदेश संसार भर पुर्याउने उदेश्य बोकेर घरबाट निस्किएका पुस्कर शाहले सन् १९९८ देखि सन् २००९ सम्म  १५० राष्ट्रको साइकल यात्रा सम्पन्न गरि आफुलाई विश्व साइकल यात्रीको नामबाट परिचित गराएका छन् |

2355608nepalcycle

विश्व साइकल यात्री पुष्कर शाहले यात्रा विशुद्ध यात्राकै रुपमा मात्र नभई २,२१,००० दुरी पार गर्ने क्रममा भेटिएका व्यक्ति समुदाय, भोगेका दुख, बेहोरेका झन्झट, आर्जन गरेका ज्ञान, सिकेका संस्कार, पाएका सम्मान अनि बटुलिएको अकल्पनीय अनुभवहरुको संगालो पनि उत्तिकै महत्वपूर्ण रहेको छ | आम नेपालीकै प्रतिनिधित्व गर्दै संसारका अनेक सिमाअवरोध छिचोलेर साइकलमै विशाल पृथ्वी चहार्न सक्ने पुस्कर शाह शान्तिको सन्देश बोकेर केवल आफ्ना लागि निस्किएका थिएनन् | राष्ट्रका लागि व्यक्तिगत जोखिमलाइ थाती राखेर अघि बढ्ने पुस्कर शाह यतिखेर एन-पिस अवार्डका निमित्त मनोनयनमा परेका छन् |

एन-पिस अवार्डमा सन् २०११ बाट दक्षिण एशिया क्षेत्रका इन्डोनेसिया, म्यानमार, नेपाल, पाकिस्तान, अफगानिस्तान र फिलिपिन्स गरि ६ राष्ट्रबाट शान्तिका निम्ति नेतृत्वदायी भूमिका खेल्ने एक महिला वा पुरुषलाई सम्मान स्वरूप दिइन्छ | यस वर्ष “द एन -पिस अवार्ड २०१४” को मनोनयनमा परेका पुष्कर शाह अहिले तपाइको मतको अपेक्षमा आह्वान गरिरेहका छन् |

सामाजिक सन्जाल फेसबुक मार्फत मत मागिरहेका पुष्कर शाह लेख्छन् :- “हा हा हा हाहा हा ! भट्टी पुरै हाँसोले भरियो / १६ वर्ष अगाडी मैले विश्व साइकल यात्रामा हिड्छु भन्दा माइती घरको एउटा भट्टीमा एउटाले मलाई भन्यो ” पुष्करेलाइ बल्ल छ्यांग लागेछ ” हो मलाई छ्यांग लागेको थियो र म विश्व साइकल यात्रामा निस्किए / ११ बर्ष पछि संसार घुमेर ( २०५५ -२०६६ ) फर्किदा छ्यांग नलाग्नेहरु त्यँही पिउदै रहेछन |

chhyangpushkar

 

११ बर्ष भन्दा बढी समय नेपालको झन्डा फहराउँददै विश्व शान्ति र भाइचाराको लागि साइकल यात्राबाट विश्वमा नेपालको परिचय दिने पुष्कर पुष्कर शाहलाई मतदिन N – Peace Award प्रतिस्पर्धी पुष्कर शाहको बारेमा लेखिएको यो लिंक (http://n-peace.net/candidate/candidate-280) खोलेर Like अथवा Tweet गर्न सकिने ब्यबस्था छ |

 

Comments