मादक पदार्थ सेवन गरी घरमा आएको अवस्थामा विवाद हुँदा  झापा जुरोपानीका  गौरलाल सरबरियालाई  आफ्नै भाइ अनिल र श्रीमतीले कुटपीट गरि हत्या गरेका छन् |

श्रीमती र भाइको कुटाइबाट गम्भीर घाइते झापा जुरोपानीका गौरलालको शनिबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ । कुटाइपछि सख्त  घाइते सरबरियालाई उपचारका लागि गौरीगञ्चको क्लनिकमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर ल्याउने क्रममा बाटोमा नै ज्यान गएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कुटपिटमा संलग्न दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिई छानबिन अगाडी बढाएको छ |

Comments