काठमाडौं । भ्रष्टाचार गरेको अभियोग लागेका सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १० करोड रुपैया धरौटी बुझाएर रिहा हुनुभएको छ ।

सशस्त्र प्रहरीको सामान ढुवानी प्रकरणमा भ्रष्टाचार गरेको अभियोग निवर्तमान महानिरीक्षक वन्तको सोमबारबाट अख्तियारमा सुरु भएको वयान नसकिएपछि हिरासतमा बस्नु पर्ने अबस्था आएपछि वन्तले १० करोड धरौटी बुझाएर रिहा हुनु भएको हो । अख्तियारले अनुसन्धानका क्रममा कानून बमोजिम कसैलाई थुनामा राख्न वा धरौटीमा छाड्न सक्ने कानूनी ब्यबस्था छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ०४८ को दफा १९ (४) मा धरौटीबारे यस्तो प्रावधान छ ।

भ्रष्टाचारको आरोपमा कारवाही चलाइएको व्यक्ति फरार भै बेपत्ता हुन सक्ने वा अन्य कुनै कुनै मनासिव कारण भएमा वा बिगो हानी नोक्सानी भएको देखिएमा आयोगले आरोपीसँग प्रचलित कानुनबमोजिम धरौटी वा जेथा जमानत माग्न र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सक्नेछ ।

Please follow and like us:

Comments