काठमाडौं । भारतले नेपालको तराई मधेसमा जारी आन्दोलनलाई सम्वोधन गर्न सरकारले संविधान संशोधनकालागि लिएको निर्णय स्वागत योग्य भन्दै यसले समस्या समाधानमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

सोमवार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती सार्वजनिक गर्दै मधेस समस्या समाधानकोलागि नेपाल सरकारको पछिल्लो कदम स्वागत योग्य भएको वताएको हो । नेपालमा संविधान निर्माण पछि असन्तुष्ट रहँदै आएको भारतले पहिलो पटक नेपालको राजनीतिक घटनाक्रमको स्वागत गरेको हो ।
नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले सोमवार भारतीय विदेश मन्त्री सुश्मा स्वराजलाई फोन गरी पछिल्लो घटनाक्रमवारे अवगत गराउनुभएको थियो ।

भारतले नोपलका सवै राजनीतिक शक्तिहरुले आवश्यक परिपक्वता र लचकता प्रदर्शन गरी चाँडै समस्या समाधान गर्ने पनि विश्वास गरेको छ । भारतले आपूर्तिमा भईरहेको अवरोध पनि सहज हुने संकेत दिएको छ ।

Please follow and like us:

Comments