काठमाडौँ ।  सरकारले राष्ट्रपति विद्या भण्डारीलाई अपमानित गर्ने जनकपुरका दोषीलाई कारवाही गर्ने जनाएको छ ।

गृह मन्त्रालयले गत पुस १ गते जनकपुरमा भएको घटनाको बारेमा छानबिन गर्न भन्दै गृहमन्त्रालयका सह-सचिव विनोद केसीको नेतृत्वमा ४ सदस्यीय टोली गठन गरेको छ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार जनकपुरमा भएको घटनाको ७ दिन भित्र छानबिन गरी गृहमन्त्रालयमा पेश गर्न निर्देशन दिएको छ।

छानबिन समितिको सदस्यमा प्रनामनि हेमन्तबहादुर पाल, सप्रनामनि अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल छन्।

Comments

comments