मेलबर्न । स्टुडेन्ट टकमा यसपटक हामीले डर्विन विश्वविद्यालय अन्तर्गतको अष्ट्रेलियन टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज एटिएमसी कलेजमा अध्ययनरत रोहित अधिकारीसँग कुराकनी गरेका छौं । महोत्तरीका उनी अहिले यहाँ व्याचलर अफ एकाउन्टिङ गर्दैछन् । प्रस्तुत छ उनीसँग गरिएको छोटोमीठो कुराकानी :

तपाईको घर कहाँ पर्छ ?
महोत्तरी जिल्लामा ।

कहाँ पढ्दै हुनुहुन्छ ?
म डर्विन विश्वविद्यालय अन्तर्गतको अष्ट्रेलियन टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज एटिएमसी कलेजमा पढदैछु ।

के पढ्दै हुनुहुन्छ ?
व्याचलर अफ एकाउन्टिङ पढ्दैछु ।

आफूले रोजेको विषय कि परिवारले रोजेको ?
म आफैंले राजेको विषय हो यो ।

विद्यार्थी जीवन किन रमाइलो ?
विद्यार्थी जीवन सबैभन्दा मूल्यवान र अनौठो समय हो । यही बेला हामी जिन्दगीका लागि आवश्यक शिक्षा र ज्ञानहरु हासिल गर्छौं । नयाँ नयाँ कुराहरु सिक्नेदेखि थुप्रै साथीभाइहरुको बीचमा हाँसो रमाइलो गर्न पाउँने समय विद्यार्थी जीवन हो । त्यसैले मलाई त विद्यार्थी जीवन रमाइलो लाग्छ ।

विद्यार्थी जीवन किन नरमाइलो ?
कलेजको कडा अनुशसान र कक्षामा दिइने धेरै गृहकार्यहरुले गर्दा कहिले काहीं विद्यार्थी जीवनबाट पनि दिक्क लाग्छ ।

Student Talk 0

कलेजमा लभ गर्नु ठीक हो ?
आफूले माया गर्ने र आफूलाई केयर गर्ने मान्छे भेटिने भएकोले कलेजमा लभ गर्नुलाई पनि म ठीकै मान्छु । तर कलेजमा लभ भन्दा पनि पढाइ महत्वपूर्ण हो भन्ने चाहिं हामीले विर्सन हुँदैन ।

लेक्चर मीठो कि लभलेटर ?
लभलेटरको तुलनामा लेक्चर त बोरिङ हुने नै भयो नि । तर जीवनको सफलताको बाटो देखाउँने हुनाले लेक्चरलाई पनि मीठो मान्नुपर्छ ।

कक्षामा कस्तो बेला निदाइन्छ ?
जब कक्षामा पढाइरहेको विषय आफ्नो रुचीको भएन भने निन्द्रा लाग्छ । यस्तै लेक्चरको शैली राम्रो नहुँदा पनि निन्द्रा लाग्छ ।

कक्षामै देखेको कुनै मीठो सपना ?
त्यस्तो विशेष सपना त केही छैन । तर प्राय: डिग्री हासिल गरेर राम्रो जीवन बाँचेको सपना देख्छु ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको जीवन कस्तो छ ?
अष्ट्रेलियाको जीवन त राम्रो हो तर सब देखावटी । किनकि आफ्नो घर र परिवारबाट टाढा रहेर को पो खुशी रहन सक्लान् र ?

Please follow and like us:

Comments