काठमाडौ  । चिनको सन्यामा भएको विश्व सुन्दरी प्रतियोगिता यस वर्षको ‘मिस वर्ड २०१५’ को  उपाधि मिस स्पेन मिरेइया लालागुन रोयोले जितेकी छन् ।
२३ वर्षिया मिरेइया स्पेनको बार्सिलोना कि व्यावसायिक मोडल हुन् । प्रतियोगितामा मिस रसियाले फर्स्ट रनर अपको उपाधि जितेकी छिन भने सेकेन्ड रनर अप को उपाधि मिस इन्डोनेसियाले जितेकी छन्  ।

मिस वर्ल्डको टप ५ मा मिस स्पेन, मिस रसिया, मिस इन्डोनेसिया, मिस लेबनान र मिस जमैका पुगेका थिए ।

विश्व भरिका १४४ देशका सुन्दरी हरुले भाग लिएको यो प्रतियोगिता प्रत्येक वर्ष हुने गर्दछ । यो प्रतियोगितामा मिस गुयानाले मिस ट्यालेन्ट को उपाधि जितेकी छन् ।

Comments

comments