मेलबर्न । पाँचौं न्याभ कप व्याडमिन्टन टुर्नामेन्ट २०१५सम्पन्न भएको छ । झण्डै ४२ डिग्री सेल्सियसको प्रचण्ड गर्मीले पनि खेलाडीहरुको उत्साहमा कुनै कमी ल्याउँन सकेन ।

स्पोर्टलिंक भरमोन्ट साउथको खेलशालामा भएको प्रतियोगीतामा झण्डै ५० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको थियो । टुर्नामेन्टलाई विभिन्न उमेर समूह गरी ७ समूहमा विभाजन गरिएको थियो । जसमा जुनियरतर्फ आयशा पोखरेल विजयी बने भने लेडिज सिंगलतर्फको उपाधि ईशा गुरुङले जितिन् । ४० वर्षमाथिको पुरुष तर्फ विकास जेसी विजेता बनेका थिए भने ४० वर्षमाथिको पुरुष डबलतर्फको उपाधि सुनिल भण्डारी र चन्द्र पोखरेलको जोडीले जिते ।

यस्तै अन्य विजेताहरुमा पुरुष तर्फको सिंगलमा विज्ञान कँडेल,पुरुष डबलमा गम गुरुङ र विकास जेसी,मिक्सड डबल तर्फ मधु पोखरेल र आयाशा पोखरेलले उपाधि जितेका थिए ।

विजेता खेलाडीहरुलाई न्याभका अध्यक्ष सुधीर शाक्य,जोग लिम्बु,चन्द्र पोखरेल लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै न्याभका खेल संयोजक तारा गैरेले न्याभले भिक्टोरियन नेपाली समुदायमा रहेका खेल प्रतिभाहरुलाई उपयुक्र्त मञ्च प्रदान गर्ने उदेश्यले हरेक वर्ष यस किसिमको खेल गतिविधिहरु सञ्चालन गर्दै आएको बताए । यसबाट समुदायका नेपालीहरुबीच अझ एकता र भातृत्व विकास भएको पनि उनले बताए ।

यसपटकको टुर्नामेन्टलाई मधु पोखरेलले संयोजन गरेका थिए ।

Comments