एजेन्सी । बीच  सडकमा गर्लफ्रेण्डलाई प्रपोज गर्नु एक अमेरिकी युवकलाई महंगो सावित भएको छ। ह्युस्टन निवासी भिडाल भैलाडेयर्स नेभसमाथि ट्राफिकलाई डिस्टर्भ गरेको आरोप लगाइएको छ। उनलाई ६ महिनाभन्दा बढी जेल सजाय हुनेछ ।

पक्राउ परेका २४ वर्षीय युवकले भने–मलाई साह्रै नराम्रो लागिरहेको छ। म ती हरेक व्यक्तिसँग माफी माग्छु, जसले मेरा कारण समस्या झेल्नु परेको थियो । उनले आफूले यो काम कुनै पूर्व योजनाबिनै गरेको दावी गरेका छन् । उनी आफ्नी गर्लफ्रेण्डका लागि केही अलग गर्न चाहन्थे । यता २३ वर्षीय गर्लफ्रेण्ड मिशेल भिकाफले भनिन्–हो, यसको त्यस्तै कुनै चाहना थिएन । अगामी वर्ष मार्चमै हाम्रो विवाह हुँदैछ । यो अनौठो प्रपोजमा भिडाललाई उनका दुई जना साथीले पनि सहयोग गरेका थिए ।

भिडालले आफ्नो अनौठो प्रपोजलको फोटो सामाजिक संजालमा शेयर गरेका थिए । यद्यपि अब उनी सामाजिक संजाल प्रयोगकर्ताको निशाना बनेका छन् । फेसबुक युजर ली सेमबराले लेखेका छन्–राम्रो लाग्यो । तर, सेल्फिश र रुढी पनि थियो । तपाईले अरुको परवाह गर्नु भएन ।

त्यही कैटलिन काफमैनले भिडालामाथि मुद्दा दायर भएको विषयमा लेखे–राम्रो लाग्यो, मलाई लाग्छ कि कम्तीमा दश वर्ष कानुन त अवश्य तोडे होलान् ।

एक अर्का युजर अमान्डा मर्फले लेखे–यो निकै खतरनाक मुर्खतापूर्ण हर्कत थियो । प्रपोज गर्नका लागि अरु पनि धेरै क्रियटिभ तरिका छन् ।

Comments

comments