काठमाडौँ । काठमाडौँको नँया बानेश्वर स्थित एभरेस्ट हस्पिटलमा पिँडुलाको नसाको अप्रेसनपछि विज्ञापन ब्यवासायी  सुजन श्रेष्ठको ज्यान गएको छ ।

नसाको सामान्य शल्यक्रियाका लागि बिहान हिँडेरै अस्पताल पुगेका श्रेष्ठको ९ बजेतिर शल्यक्रिया भएको थियो। अप्रेसन अर्थोपेडिक सर्जन डा. बच्चुराम के सीले गरेका थिए ।

घटनाको प्रक्रिती हेर्दा डाक्टरले अप्रेसन गर्दा अपनाउनु पर्ने सामान्य प्रक्रिया समेत अपनाएको देखिदैन । उनले पहिले जचाएका ठाँउहरुको रिपोर्ट र अन्य कुनै अनुसन्धान नै नगरी सिधै अनुमानका आधारमा अप्रेसन गर्ने निर्णय गरेको देखिन्छ ।

मृतकका आफन्तले अप्रेअसन भन्दा अगाडी पहिले अन्य ठाँउहरुमा देखाउदा अप्रेसन गर्न नहुने बताएको भन्दा पनि डाक्टरले सामान्य केश भएको र ५ मिनटमा अप्रेसन सकिने भन्दै यसमा १०० प्रतिसत रिस्क नभएको बताए पछि अप्रेसन गरिएको बताएका छन् ।

विज्ञापन व्यवसायी संघले घटनामा अस्पतालको लापरबाही देखिएको भन्दै ‘चिकित्सकीय कारण’ सहित छानबिन र दोषीमाथि कारबाही माग गरेको छ। संघले नै घटनाको छानबिनका लागि दबाबमूलक कार्यक्रम गर्ने भएको छ।

डाक्टर के सी अर्थोपेडिक सर्जन भएकोमा उनले नशा सम्बन्धि अप्रेसन कसरी गरे? भन्दै  बिज्ञापन व्यवसायी विजय पोखरेलले हस्पिटलको चरम लापरवाहीले गर्दा यो घटना भएकोले उचित छानबिन गरि सत्य तथ्य बाहिर ल्याउनु पर्ने बताएका छन्  ।

यसै बीच मृतकका आफन्त, शुभचिन्तक र हस्पिटल प्रसाशन बीच हिजो बसेको बैठकले यो घटनाको छानबिन गरि सत्य तथ्य पता नालगाउन्जेल हस्पिटल बन्द गर्ने निर्णय गरेको छ । हस्पिटलले भेन्टिलेटर बाहेकका अन्य बिरामीहरुलाई अन्य हस्पिटलहरुमा सारिसकेको छ। हस्पिटल प्रसासनले असहज परिस्थिति भन्दै आइसीयु बाहेकका अन्य सेवा बन्द गरिएको सूचना टाँसेको छ ।

यसै बीच मृतकका आफन्तले महानगरीय वृत तीनकुनेमा हस्पिटल र डाक्टर के सीका बिरुद्धमा किटानी जाहेरी दिएका छन् ।

Everest1

Comments