काठमाडौं   । पुस लागेसंगै काठमाडौं उपत्यका सहित देशका प्रायः सबै ठाउँमा निकै चिसो बढेको छ । विहीवारभन्दा शुक्रवार अझ चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो रेकर्ड अनुसार जुम्लाको तापक्रम माइनस ७ दशमलव २  डिग्री सेल्सियस छ  ।

काठमाडौंको न्युनतम तापक्रम आज २ डिग्रीमा झरेको छ । यो यसवर्षकै सबैभन्दा कम तापक्रम हो । आज सिमराको न्युनतम तापक्रम सबैभन्दा बढी ७ डिग्री सेल्सियस छ । अरु ठाउँको तापक्रम भने २ देखि ६ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

लामो समयदेखि हावा नचेलकाले तुवाँलो हट्न नसक्दा देशभरको तापक्रम लगातार तल झर्दै गएको छ । यस्तै अवस्था रहिरहे चिसो झन् बढ्ने अनुमान गरिएको छ ।

Comments

comments