मेलबर्न । अष्ट्रेलियामा रहेका नेपाली युवाहरुलाई एउटै छातामूनि संगठित गर्ने उदेश्यले गठन गरिएको नेप्लीज यूथ एसोसियसनको दर्ता प्रक्रिया सकिएको छ । अब इच्छुक युवाहरुले आफू बसेकै शहरबाट अनलाइन मार्फत सदस्य बन्नसक्ने भएको छ ।

एसोसियसनले पहिलो वर्ष सदस्य बन्नेहरुका लागि निशुल्क सदस्यता दिने घोषणा गरेको छ । सदस्य बन्न इच्छुकहरुले आफ्नो फेसबुकको लिंक गरेर सजिलै सदस्यता लिन सक्ने बताइएको छ ।

अष्ट्रेलियामा रहेका नेपाली युवाहरुलार्य एउटै छातामूनि आवद्ध गराएर नेपाली समुदायको लागि विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको एसोसियनका श्रीकृष्ण सिलवालले बताउँनुभयो ।

Nya r

Comments

comments