छाला जन्य सामग्रीको बढ्दो माग संगै नयाँ नयाँ सो रुम हरु खुल्ने क्रम रोकिएको छैन | बिशेष गरि महिलाहरुको पहिरनमा छालाजन्य सामग्रीहरुको बढ्दो मागलाइ मध्यनजर गर्दै बजारमा सो रुमहरु संचालित छन् |

भर्खरै महिलालाई लक्षित गरी काठमाडौंको लाजिम्पाटमा छाला तथा छालाजन्य सामाग्रीहरुको सो–रुम सञ्चालनमा ल्याइएको छ । ‘सेन्ट जि लेदर स्टुडियो’ नाममा खोलिएको सोरुममा महिलाहरुलाई आवश्यक छालाका जुत्ता, ब्याग, बेल्ट लगायतका सामाग्री राखिएका छन् ।

सोरुममा इटालियन डिजाइनको भारतमा निर्मित सामाग्री मात्रै रहेको जनाइएकोछ । मौसम अनुसारका सामाग्री सोरुममा प्राप्त हुने बताइएको छ । 

Please follow and like us:

Comments