काठमाडौंं । ‘मिस हेरिटेज इन्टरनेसनल’मा नेपाली सुन्दरी नेपालकी निशा पाठकले थर्ड रनर अपको उपाधि जितेकी छिन् । प्रतियोगितामा मिस इन्भारोमेन्टल एम्बेसडर अवार्डमा निशाले आफ्नो नाम दर्ता गरिन् भने वेस्ट इन्भारोमेन्टल डेसको उपाधि पनि उनले नै हात पारिन् ।

भारतको नयाँ दिल्लीस्थित अशोका कन्टी रिसोर्टमा सम्पन्न प्रतियोगितामा भियतनामकी भिक्टोरिया फामले मिस हेरिटेज इन्टरनेसनल २०१५ को ताज जित्न सफल भएकी छिन् ।

यसैगरी, टिनिडाड एन्ड टोबागोकी केटिसा विलियम्सले फस्ट रनर अप तथा म्यानमारकी चअ युपर सेट्सले सेकेन्ड रनर अप उपाधि जितेका छन् । यही क्रममा दक्षिण अफ्रिकाकी नतासा मोगोरोसीले फोर्थ रनर अप उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भएका छन् ।

नेपालस्थित ई प्लानेट प्रालिको तर्फबाट सन्तोष सापकोटाको आयोजनामा सम्पन्न यो प्रतियोगितामा भारतस्थित वी फोर वी एवं कलाइमनि केयर्स स्थानीय पार्टनरका रूपमा रहेको यो प्रतिस्पर्धाका सहभागी प्रतियोगिताको अवधिमा बन्द प्रशिक्षणमा रहेका थिए ।प्रतियोगिताको कोरियोग्राफी नेपाली कोरियोग्राफर तथा पत्रकार रोजिन शाक्यले गरेका थिए ।

नेपाललगायत भारत, फिलिपिन्स, मलेसिया, म्यानमार, जाम्बिया, तान्जानिया, भियतनाम, डेनमार्क, रसिया, सेन्ट्रल रसिया, लेसोथो, दक्षिण अफ्रिकालगायत डेढ दर्जनभन्दा बढी मुलुकका सुन्दरीहरूको सहभागिता थियो ।

Please follow and like us:

Comments