मेलबर्न । स्टुडेन्ट टकमा यसपटक हामीले मेलबर्नस्थित होल्मस कलेजमा अध्यनरत दीपक केसीसँग कुराकनी गरेका छौं । नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका १ स्थायी घर भएका उनी अहिले बिपिए अध्ययन गर्दैछन् । प्रस्तुत छ उनीसँग गरिएको छोटोमीठो कुराकानी:

तपाईको घर कहाँ पर्छ ?
मध्यविन्दु नगरपालिका १,नवलपरासीमा पर्छ ।

कहाँ पढ्दै हुनुहुन्छ ?
म होल्मस कलेजमा पढदैछु ।

के पढ्दै हुनुहुन्छ ?
म बिपिए पढ्दैछु ।

आफूले रोजेको विषय कि परिवारले रोजेको ?
यो म आफैंले राजेको विषय हो ।

विद्यार्थी जीवन किन रमाइलो ?
नयाँ कुरा सिक्न पाइन्छ । धेरै साथीहरुसँग रमाइलो गर्न पाइन्छ । त्यसैले विद्यार्थी जीवन रमाइलो लाग्छ ।

Student Talk 0

विद्यार्थी जीवन किन नरमाइलो ?
आफैंले मरिमेटी काम गरेर पनि कलेजको फि तिर्नलाई समेत नपुग्दा नरमाइलो लाग्छ ।
कलेजमा लभ गर्नु ठीक हो ? लभ गर्नु त ठीकै हो तर कलेजमा चाहिं बढी पढाइमा ध्यान दिएको राम्रो ।

लेक्चर मीठो कि लभलेटर ?
विद्यार्थी भएकोले अवश्य पनि लेक्चर नै मीठो लाग्छ ।

कक्षामा कस्तो बेला निदाइन्छ ?
कहिलेकाहीं सर,म्यामहरुले पढाएको नबुझ्दा निन्द्रा लाग्छ ।

कक्षामै देखेको कुनै मीठो सपना ?
आफ्नो जीवनको उदेश्यमा पूरा भएको सपना देख्छु ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको जीवन कस्तो छ ?
अष्ट्रेलियाको जीवन त राम्रो हो तर विद्यार्थी जीवन चाहिं अलिकति कठीन नै छ । पढेर बचेको समयमा काम गरेर आफैंले कमाएर कलेज फि र भाडा तिर्न पनि मुस्किल पर्छ । त्यसैले अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको जीवन च्यालेञ्जिङ छ ।

Comments

comments