एजेन्सी । एथ्लेटिको मड्रिडले शीर्ष  स्थानको बार्सिलोनासँग अंक बराबर गरेको छ ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले हराएर एथ्लेटिको मड्रिडले बार्सिलोनासँग अंक बराबरी गरेको हो । १५ खेलबाट बार्सिलोना समान ३५ अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । २७ औं मिनेटमा आइमेरिक लपोर्टले एथ्लेटिको बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा एथ्लेटिको मड्रिडका शाउल निगेजले बराबरी गोल फर्काए । एन्टोन ग्रिजम्यानले ७४ औं मिनेटमा गोल गर्दै २–१ को जित दिलाए ।

आइतबार राति नै भएको अर्को खेलमा मालागाले रायो भालेकानोलाई २–१ ले हरायो ।

Comments

comments