काठमाडौँ  ।  सरकारद्वारा गठित उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले संघीयतामा कर्मचारी व्यवस्थापनसम्बन्धी मोडल तयार पार्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ ।

मुलुक संघीयतामा प्रवेश गरेकाले हाल रहेका ८० हजार कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा समितिले आवश्यक मोडालिटी बनाउने गृहकार्य गरिरहेको छ । गृहकार्यअनुसार नै समितिले सबै मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुखलाई बोलाएर १५ दिनभित्र कर्मचारी व्यवस्थापनको खाका बनाई पेस गर्न निर्देशन दिएको हो ।

उच्चस्तरीय समितिको ताकेता सरकारद्वारा सरकारी सेवा र कर्मचारी व्यवस्थापनका लागि आवश्यक सुझाब दिन गठित उच्चस्तरीय समितिले यसअघि पनि विभिन्न मन्त्रालयलाई संघीयतामा कर्मचारी व्यवस्थापनको खाका पेस गर्न निर्देशन दिएको थियो ।

समितिले शुक्रबार विभिन्न मन्त्रालयले तयार पारेको मोडालिटीबारे जानकारी लिएको छ । समितिका अध्यक्ष काशीराज दाहालले सबै मन्त्रालयलाई १५ दिनभित्र विस्तृत मोडालिटी तयार पार्न निर्देशन दिइएको जानकारी दिए

Comments

comments