मान्छेले चाहे र हातमा पैसा भए यो संसारमा असम्भव भन्ने केही छैन । यो कुरामा तपाई कति हदसम्म सहमत हुनुहुन्छ होला,तर यो खबर पढिसकेपछि भने शतप्रतिशत सहमत हुनुहुनेछ ।

यो एकजना बेलायती युवतीको खबर हो । उनले आफ्नो अनुहार आफ्नी प्रिया स्टार सेलिब्रेटीको जस्तो बनाउँन ३०,००० डलर खर्च गरेकी छिन् । उनी हुन् क्ल्यारी लिसन । उनले आफ्नो अनुहार मात्र होइन रुपरंग नै हलिउड स्टार किम कार्दशियनसँग हुबहु मिल्दोजुल्दो बनाएकी छिन् । त्यसका लागि उनले आफ्नो स्तन प्रत्यारोपन गर्नुका साथै दाँतलाई सेतो बनाइन्,कपाललाई एक्टेन्सन गरिन्,मेक अप र स्प्रेमा खर्च गरिन् ।

त्यति मात्र होइन नङ समेत नक्कली लगाइन् र कार्देशियनले लगाउँने जस्तै थुप्रै जुत्ता र कपडाहरु किनिन् । त्यतिले मात्र नभएर उनले आफ्नो पुठ्ठा ठूलो देखाउँन प्याडको सहारा पनि लिइन् । र, अन्ततः दुरुस्तै किम कार्देशियन जस्तै देखिन उनी सफल भईन् ।

उनले यसो गर्नुको पनि कारण रहेछ । उनी सानोमा अलि नराम्री थिइन् । त्यसले गर्दा उनको साथीहरुले उनलाई कहिलेकाही गिज्याउँथे । त्यसले मनमनै उनलाई पीडा हुन्थ्यो । त्यसैले जब उनी खर्च गर्न सक्षम भईन्,प्रत्यारोपण गरेर भए पनि सेलिब्रेटीकै जस्तो अनुहार र शरीर पाएर छोडिन् । अब उनको एउटै धोको छ जीवन साथीको रुपमा कार्देशियनको असली पति क्यानेकै अनुहार भएको पति पाउँने । त्यसका लागि उनी अर्को ३०,००० डलर खर्चन तयार रहेको खबर टाइम पत्रिकाले छापेको छ ।

Please follow and like us:

Comments