काठमाडौं । मधेस आन्दोलनको समर्थनमा अब राजधानीमा प्रदर्शन हुने भएको छ । नयाँ शक्ति निर्माण अभियानसहितले मधेसमा जारी आन्दोलनको समर्थनमा राजधानीमा आज विरोध सभा गर्दैछन् ।

नयाँ शक्ति निर्माण अभियान, मधेसी मोर्चासहितको संघीय गठवन्धन र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले संयुक्त रुपमा विरोध सभा गर्न लागेका हुन् । मधेस आन्दोलनलाई सम्बोधन  गर्न दबाब दिन र तराई मधेस, काठमाडौं सहित देशभर चुलिएको संकट अन्त्यका लागि दबाब दिन विरोध सभा गर्न लागिएको बताइएको छ ।

दिउँसो १ बजे बसन्तपुरमा हुने विरोध सभालाई तीन वटै घटकका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

विरोधसभा अघि भद्रकाली र शान्तिबाटिकाबाट र्याली सुरु हुनेछ । नयाँ शक्तिले भद्रकालीबाट र अरुले शान्तिबाटिकाबाट विरोध र्याली निकाल्ने कार्यक्रम छ ।  र्याली बसन्तपुरमा पुगेर सभामा परिणत हुनेछ ।

Comments