काठमाडौ । एकीकृत माओवादी केन्द्रीय समितिको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफल सकिने भएको छ ।

आज बिहान ११ बजेपछि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा साङ्गठिन प्रतिवेदनमा केन्द्रीय सदस्हरुले भनाई राख्ने क्रम सकिने छ ।  सदस्यहरुले भनाई राखेपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले आजको बैठकमा बाल्ने क्रम सकिने र बैठक भोलिसम्ममा सकिने बताउनुभयो । बैठकमा गृहमन्त्री शक्ति बस्नेतका विषयमा पनि छलफल हुनेछ । एकीकृत नेकपा माओवादीमा गृहमन्त्री बस्नेतलाई मन्त्रीबाट फिर्ता बोलाउन दबाब बढेको छ ।

गृहमन्त्री बस्नेतले भूकम्प पिडितको विदेश भ्रमणको कोटामा आफ्ना छोरीहरु र नातागोतालाई पारेको समाचार सार्वजनिक भएपछि स्थायी समितिको आकस्मिक बैठक बोलाएर स्थायी समिति सदस्यहरुले बस्नेतलाई फिर्ता अध्यक्ष प्रचण्डलाई दबाब दिएका हुन् । स्थायी समिति सदस्य गोपाल किरातीले गृहमन्त्री बस्नेतले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग उठेको बताउनुभयो ।

Comments

comments