लन्डन । आगामी फेब्रुअरीमा बेलायतमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगिताको फाइनल राउण्डमा पर्न सफल नेपाली मोडल प्रसुना कँडेल उपाधि नजिक पुगेकी छिन् ।

रुल दि रनवे बेलायतले संसारभरिबाट छानिएका मोडलहरुबीच प्रतिस्पर्धा गर्न लागेको हो । बेलायतको बर्मिङघममा हुने प्रतियोगितामा प्रसुना सहित विभिन्न देशका ३० जना मोडलहरु प्रतिस्पर्धामा छन् ।

गतहप्ता देखि सुरु भएको फेसबुक तथा ट्विटरमार्फत् अनलाइन भोटिङबाट हालसम्म कँडेल पहिलो स्थानमा रहन सफलभएको उनले आफ्नो सामाजिक सञ्चाल मार्फत जानकारी गराएकी छिन् । उनले करिब २९०४३  भोट पाएको उल्लेख गरेकी छिन् ।

अहिले सम्म २९०४३ भोट प्राप्त गरेर पहिलो स्थानमा रहन सफल भएको छु ! अब २५ दिन बाकि छ,त्यतिञ्जेलसम्म अझ धेरै भोट पाएर अग्रता कायमै राख्न सफल हुनेछु । प्रसुनाले लेखेकी छिन् । साथै उनले दैनिक २–३ भोट आफ्ना लागि दिइरहन पनि अपिल गरेकी छिन् ।

४ जनवरीसम्म चल्ने अनलाइन भोटिङमा सर्वाधिक मत प्राप्त गर्ने एक फिमेल र एक मेल प्रतियोगीलाई बिजेता घोषणा गरिने छ । के तपाईले चाहिं यी नेपाली चेलीलाई भोट दिनुभयो त ?

http://woobox.com/qx3wsy/gallery/WI3VOUEreXE: Voting Link

Comments

comments