काठमाडौँ । हातखुट्टा फुटेका थिए । अनुहार र हातखुट्टामा अस्वाभाविक  रुपमा मेकअप गरी नयाँ नयाँ कपडा लगाएका थिए ।

एयरपोर्ट पुगेरसमेत  हातखुट्टा फुटेको लुकाउन श्रृंगार गरिरहेका थिए । २५ देखि ४० उमेर समूहका ८ जना महिला बुधबार हातम पासपोर्ट  र टिकट बोकेर विमानस्थल पुगेका थिए ।

अत्यधिक र अस्वाभाविक मेकअप देखेपछि प्रहरीले शंका गरेर सोधपुछ गर्यो । उनीहरुले आफू घरेलु कामदारका रुपमा काम गर्न कुवेत जान लागेको बताए । तर पासपोर्ट र टिकट बैंककको थियो । पासपोर्टमा टुरिष्ट भिसा लागेको थियो ।

Please follow and like us:

Comments