मेलबर्न । एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोतानेले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँनुभएको छ । सल्लाहकार नियुक्तिको वेला एनआरएन भिक्टोरियालाई बेवास्ता गरिएको उहाँले गुनासो छ ।

यस्तै एनआरएनले बैठकपूर्व पदाधिकारीहरुसँग कुनै छलफल नगरेको र योजनाविना नै टास्क फोर्सहरु बनाइएको सचिव घोतानेको दाबी छ । एनआरएनले न्यूसाउथवेल्स बाहेकका एनआरएन राज्यसमितिहरुलाई बेवास्ता गरिएको उहाँको आरोप छ ।

नेतृत्वप्रति तीव्र रुपमा असन्तुष्ट देखिनुभएका सचिव घोतानेले छात्रवृत्ति कोष बनाउँनेबारे निर्णय गर्न बसेको वैठक समेत वहिष्कार गर्नुभएको थियो । वैठकमा उहाँले फरक मत प्रस्तुत गर्नुभएको थियो । यसबारेमा प्रतिक्रिया दिनुहुँदै सचिव घोतानेले निर्णय प्रक्रियामा आफ्नो असहमति रहेको स्वीकार गर्नुभयो । टास्कफोर्सको जिम्मेवारी दिदा कार्य समितिमा रहेकाहरुलाई भन्दा केही नयाँ अनुहारलाई दिइए त्यो अझ प्रभावकारी हुने सचिव घोतानेको भनाइ छ । यस्तै कुनै पनि निर्णय लिदा सबैको राय सुझाव लिएर मात्र गरे उत्तम हुने उहाँले बताउँनुभयो ।

तर एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले भने केही साथीहरुको असहमति हुनु स्वाभाविक भएको बताउँनुभयो । यस्तै उहाँले एनआरएनको निर्णय वैधानिक रुपमा नै भएको दाबी गर्नुभयो ।

Comments

comments