काठमाडौं । तराई मेधसमा जारी आन्दोलनवारे भारतको शुभेच्छा बटुल्न भारतको भ्रमणमा गएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु बुधवार राति स्वदेश फर्किदैछन् ।

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा मोर्चाका नेताहरु केही दिन अघि नया दिल्ली पुगेका थिए । दिल्लीमा रहेका मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवले भारतीय विदेश मन्त्री सहित विभिन्न दलका नेताहरुसंग छलफल गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसंग भने मोर्चाका नेताहरुले भेट गर्न पाएनन् । त्यसैले मोदीलाई भेट्ने प्रयासमा लागेका मोर्चाका नेताहरुले बुधवार ४ बजे नेपाल फर्कने पूर्व निर्धारित तालिकालाई स्थगित गरेका थिए । उनीहरु बुधवार राति साँढे ११ बजे फर्कने तय भएको छ । यद्यपि बुधवार नफर्कनसक्ने सम्भावना पनि रहेको निकटस्थ श्रोतले जनाएको छ ।

भेटवार्ताका क्रममा भारतले मोर्चाका नेताहरुलाई राजनीतिक सम्वादवाट हल खोज्न आग्रह गरेको बुझिएको छ ।
मोर्चाका नेताहरु मध्ये ठाकुर र यादव दिल्लीवाट सीधै राजधानी आउनेछन् भने महतो र राय यादव चाहिँ विहार हुँदै नेपाल आउने कार्यक्रम रहेको छ ।

Comments

comments