एजेन्सी । पप गायिका सेलिना गोमेज पाको उमेरको पुरुष साथीको खोजीमा छिन्। ई–अनलाइनले उल्लेख गरेअनुसार सेलिनाले भनेकी छन्,‘अब परिपक्व पुरुषलाई साथी बनाउछु, कच्चा उमेरका साथीहरूसँग सम्बन्ध दिगो हुँदैन।’

आफू कम उमेरको जस्तो देखिने भएकाले पनि परिपक्व साथी खोज्न समस्या भएको उनको बुझाइ छ। कतिपयले अहिले पनि उनलाई १६ वर्षको जस्तो देखिने भनेर टिप्पणी गर्ने गरेका छन्। जुन कुरा उनलाई पटक्कै मन पर्दैन।

२३ वर्षीया यी गायिका केही समयसम्म आफूभन्दा दुई वर्ष कम उमेरका पप गायक जस्टिन बिबरसँग रिलेसनमा थिइन्। पछिल्लो समय उनी म्युजिक कम्पोजर जेडसँग रिलेसनमा रहेको हल्ला पनि चल्यो। तर, यो हल्ला केबल हल्ला मात्रै भएको उनको भनाइ छ।

अर्का गायक जायन मलिकसँग पनि उनको रिलेसन रहेको हल्ला चलेको थियो। मलिकसँगको सम्बन्धबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘उनले डेटिङको निम्तो गरे भने अस्वीकार गर्न सक्दिनँ।’ उनी पछिल्लो समय अमेरिकन म्युजिक अवार्डमा नियाल होरानको साथमा देखिएकी थिइन्।

Comments

comments