मेलबर्न । आगामी डिसेम्बर १२ मा ब्रिसबेनमा अस्ट्रेलिया र न्युजिल्यान्डब्यापी नेपाली नृत्य प्रतियोगिता हुँदैछ । हाल प्रतियोगीताको तैयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

उक्त प्रतियोगितामा अस्ट्रेलियाको विभिन्न राज्य तथा संघीय प्रदेशहरु र न्युजिल्यान्डबाट समेत गरि जम्मा ३७ जना प्रतियोगी सहभागी हुदैछन । सहभागी हुने प्रतियोगीहरुमा पर्थबाट २ जना, डार्विनबाट ३ जना, क्यानबेराबाट २ जना, होबार्टबाट १ जना, मेलबर्नबाट ४ जना, सिडनीबाट २ जना, अक्ल्यांड न्युजिल्यान्डबाट २ जना, क्युन्बियनबाट १ जना, कैर्न्सबाट ४ जना र ब्रिसबेनबाट १६ जना रहेका छन । सहभागीहरुले प्रथम चरणमा १६ एकल नृत्यहरु, ६ युगल नृत्यहरु र ४ समूह नृत्यहरु प्रस्तुतगर्ने छन् ।

प्रथम चरणको प्रस्तुतिको आधारमा एकल नृत्यको लागि उत्कृष्ट ५ सहभागीहरुलाई प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गराइनेछ भने युगल र समूह नृत्य तर्फ सबै सहभागीहरुले दोश्रो चरणमा नेपाली परम्परागत संस्कृति झल्काउने लोकनृत्यहरु प्रस्तुत गर्नेछन् । प्रथम र दोश्रो चरणको प्रस्तुतिको मुल्यांकनको आधारमा प्रतियोगिताको विजेताहरुको चयन गरिनेछ । प्रतियोगितामा प्रस्तुत हुने नृत्यहरुको मुल्यांकन गर्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका २ जना बरिष्ठ नृत्य निर्देशकहरुलाई निर्णायकको रुपमा बिशेष रुपमा आमन्त्रण गरिएको छ ।

प्रतियोगिताका बिजयी कलाकारहरुलाई प्रमाणपत्र, ट्रफी र आकर्षक नगद पुरस्कार प्रदान परिनेछ । आयोजक समिति र संस्थाको तर्फबाट सहभागी कलाकारहरुलाई एकतर्फी हवाई भाडा उपलब्ध गराइनुका साथै निशुल्क खाने बस्ने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा सहभागी हुनेहरु प्रतिस्पर्धीहरुको अन्तिम नामावली:

Single Dances

Name City State
Abisha Gyawali Brisbane QLD
Anusha Ghimire Brisbane QLD
Grishma Tamanag Darwin NT
Kritiva Nepal Hobart TAS
Namrata Baskota Brisbane QLD
Nayana Dangol Brisbane QLD
Nirmala Shrestha Sydney NSW
Ranjana Sapkota Perth WA
Rishika Poudel Brisbane QLD
Sabina Itany Perth WA
Santoki KC Sydney NSW
Shraddha Pokharel Brisbane QLD
Srijana Basnet Queanbeyan NSW
Subashana Shrestha Melbourne VIC
Sushma Devkota Brisbane QLD
Suzana Bharatee Melbourne VIC

Duet Dances

Name City Country
Sweta Paudel and Suchana Paudel Canberra Australia
Nisha Rajbhandari and Suzana Bharatee Melbourne Australia
Alisha Poudel and Poonam Thagunna Auckland New Zealand
Srijana KC and Nilam Baral Darwin Australia
Manjari Maharjan and Shraddha Pokharel Brisbane Australia
Rishika Paudel and Trisha Sharma Brisbane Australia

Group Dances

Name City
Susradha Pradhan, Jayant Bohara, Jeevan Gurung, Raj Khanal Brisbane
Saphalta Basnet, Aliza Shrestha, Namrata Baskota, Shova Gurung Brisbane
Suzana Bharatee, Nisha Rajbhandari, Subasana Shrestha, Pabitra Bhujel Melbourne
Kumari Karki, Bir Chhetri, Dibya Chhetri, Bikash Chhetri Cairns

Comments

comments