एजेन्सी । अफगानिस्तानको कन्धारस्थित विमान स्थलमा भएको चरमपन्थी आक्रमणमा ९ जना मारिएका छन् ।

तालिवानका अनुसार उसले मंगलबार साँझ कडा सुरक्षा व्यवस्था रहेको विमानस्थललाई निशाना बनाएको थियो । एक प्रान्तीय गभर्नरका प्रवक्ताले आक्रमणकारी विमानस्थलको पहिलो गेटबाट भित्र प्रवेश गर्न सफल भएको बताए । कन्धार लामो समयदेखि तालिवानको गढ मानिदै आएको छ।

तालिवानले आक्रमणको निशाना बनाएको कन्धार विमानस्थल नेटो र अफगान सेनाको संयुक्त मुख्यालय हो । प्रान्तीय गभर्नरका प्रवक्ता असीम खोपालभाकले एएफपीले बताए अनुसार कयौ आक्रमणकारीले यो घटना गराएका हुन् ।

अधिकारीहरुका अनुसार विमानस्थलभित्र रहेका सैनिकले चरमपन्थी समूहको डटेर सामना गरेका थिए । यसक्रममा मारिनेमा सैनिक र आम नागरिकसमेत रहेका छन् । घटनामा कति चरमपन्थी मारिए भन्ने विषयमा स्पष्ट भइसकेको छैन ।

Please follow and like us:

Comments