काठमाडौ । संसदको विधायन समितिको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा भुकम्पपछिको पुनर्निर्माण विधेयकमा देखिएको विवाद मिलाउने अन्तिम प्रयास गरिने भएको छ । तर विवाद मिल्ने संभावना कम रहेकाले विवादसहित नै विधेयक संसदमा पेश गरिने भएको छ ।

पुनर्निर्माण प्राधिकरणको कार्यकारी निर्देशकमा प्रमुख दल कांग्रेस र एमालेबीच कुरा मिलेको छैन । आजको समितिको बैठकमा छलफलका लागि अन्तिम प्रयास गर्ने र नभए विवादसहित नै विधेयक भोलि बस्ने संसदको बैठकमा पेश गर्ने समितिका सभापति गंगा चौधरीले जानकारी दिनुभयो ।

कांग्रेसले आफू नेतृत्वको सरकारका पालामा संसदमा पेश गरेको विधेयक संशोधन नगरी पहिलेकै नेतृत्वलाई निरन्तरता दिने गरी पास गर्नुपर्ने अडान राखेको छ भने एमालेले संशोधन नगरी अघि बढ्न नसक्ने बताउँदै आएको छ ।

Comments

comments