काठमाडौ । समस्या समाधानको उपाय खोज्न भारत पुगेको मधेसी मोर्चाका शीर्ष नेताहरु आज फर्किदैछन् ।

भारतको सत्तापक्ष, राजनीतिक दलका नेतासँग छलफल गरी मोर्चाका नेता आज नेपाल फर्किन लागेका हुन् । भेटमा भारतीय पक्षले वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको छ ।

सरकारले अघि सारेको तीन बुँदे प्रस्तावमा केन्द्रित रहेर छलफल गर्न भारतीय पक्षले सुझाव दिएको छ । मोर्चाका नेताहरुले काठमाडौ फर्किएपछि सरकारसँग वार्ता गर्ने बताएका छन् ।

आज काठमाडौमा फर्किएपछि सम्भव भए आजै नभए भोलि वार्ता गर्ने दिल्लीमा पत्रकारहरुसँग बताएका छन् । सरकारले सीमांकनलाई पछि मिलाउने गरी तीन बुँदे प्रस्ताव अघि सारेको छ भने मोर्चाले सीमांकन पनि अहिले नै टुङ्गो लगाउनुपर्ने अडान राखेको छ ।

Comments

comments