काठमाडौ । न्याय परिषदको बैठक आज दिउँसो बस्ने भएको छ ।

सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनको मुख्य कार्यसूचीसहित बैठक बस्न लागेको हो । गम्भीर संवैधानिक एवं कानुनी प्रश्न समावेश विवादहरुको समाधान गर्न संवैधानिक संकट उत्पन्न भएपछि छुट्टै संवैधानिक इजलास गठन र त्यसमा सिफरिस गरिने न्यायाधिसहरुको नाम चयन बैठकले गर्ने बताइएको छ ।

बैठक परिषदको सचिवालय कुपण्डोलमा दिउँसो ४ बजे बस्ने भएको छ । यस्तै विविध कार्यसूची अन्तर्गत आउँदो शुक्रबार कार्यकाल सकिन लागेका २८ जना अस्थायी न्यायाधीशको पुनःनियुक्ति र जिल्ला न्यायाधिसहरुको पदस्थापनलगायतका विषयमा छलफल हुने परिषदले जनाएको छ ।

Comments