एजेन्सी । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको मासिक आम्दानी झण्डै ८ करोड डलर रहेको  एक अध्ययनले देखाएको छ ।

बेलयतको आर्थिक संस्था आइएचएस इंकले गरेको अध्ययन अनुसार आइएसले हरेक महिनामा झण्डै ८ करोड डलर अर्थात ८ अर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्ने गरेको छ ।

संस्थाका अनुसार आइएसको आम्दानीको आधा भाग उसले नियन्त्रणमा लिएको क्षेत्रबाट असुल गरिएको कर तथा जफत गरिएका सम्पत्तिबाट रहने गरेको छ । आइएसको मुख्य आम्दानीको स्रोत भनेको तेलको व्यापार हो ।

तेलको व्यापारबाट आइएसले ४३ प्रतिशत र अरु बाँकी नसालु पदार्थको तस्करी, पुरातात्विक कलाकृतिका वस्तु तस्करी, आपराधिक गतिविधि तथा चन्दाबाट असुल गर्ने गरेको छ । प्रतिवेदनले विदेशी सहयोग भने आइएसलाई अरुको तुलनामा निकै कम मात्र मिल्ने गरेको देखाएको छ ।

फ्रान्सको राजधानी पेरिसमा एक सय ३० जनाको ज्यान जाने गरी आइएसले गरेको आक्रमणपछि उसलाई मिल्ने आर्थिक स्रोत बन्द गर्न अन्तराष्ट्रिय समुदायले जोड दिएका थिए ।

Please follow and like us:

Comments