काठमाडौं । सरकारले अत्यावश्यकीय सेवाका लागि वितरण गर्ने भनिएको सरकारी पेट्रोल पम्पले समेत पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका छन् ।

सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र पम्पका कर्मचारीबीचको मिलेमतोमा आफू अनुकुलका पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका हुन् । उपभोक्तावादीहरुले सरकारी निकायको एकलौटीपनले वितरण् प्रणाली बिग्रिएको बताएका छन् ।
वाणिज्य विभागले प्रहरीकोमा लापरवाही देखिएको आरोप लगाएको छ ।

Comments

comments