काठमाडौं । विश्वकै सर्वोच्च चुचुरो सगरमाथा ५० वर्षयता सबैभन्दा तातो भएको छ । चिनियाँ वैज्ञानिकहरूले हालै गरेको अध्ययनअनुसार सगरमाथा आसपासमा रहेका हिमनदीसमेत साँघुरिएका छन् ।

चाइनिज एकेडमी अफ साइन्स र हुनान विज्ञान तथा प्रविधि विश्वविद्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हिमनदी साँघुरिँदा तिब्बततर्फ बग्ने नदीनालासमेत संकटमा पर्नसक्ने देखिएको छ । तापक्रम मापन यन्त्रले उपलब्ध गराएका तथ्यांक विश्लेषण गरी यस्तो तथ्य सार्वजनिक गरिएको वैज्ञानिकहरूले बताएका छन् ।

सगरमाथावरिपरिको क्षेत्रमा भने तुलनात्मक रूपमा वातावरणीय अवस्था सुध्रिएको वैज्ञानिकहरूको निष्कर्ष छ । ’वरिपरि हरियाली बढेको छ र पारिस्थितिक प्रणालीमा सुधार आएको छ’, वैज्ञानिकहरूले भनेका छन् । विश्वमा बढिरहेको तापक्रमको असर सीधा हिमाली क्षेत्रमा परेकाले उच्च हिमाली भेगसमेत तातिन थालेको उनीहरूको निष्कर्ष छ ।

Comments

comments