काठमाडौँ । महनगरीय आयुक्त कार्यालयबाट विज्ञानराज शर्माको सरुवा भएपछि उनका घुमुवा डीएसपी राजकुमार सिलवाल फन्दामा परेका छन् । आयुक्त कार्यालयको घुमुवा भएका कारण एआईजी शर्माको विश्वासपात्र मानिएका सिलवाल मार्फत नै शर्माले उठाउने र भित्र्याउने गरेको आरोप लगाउनेहरूले खुच्चिङ भन्न थालेका छन् ।

तरुण साप्ताहिकका अनुसार एआईजी शर्माको सरुवा भएपछि डिस्को पुगेका उनले लफडा गर्न खोजेपछि डिस्कोवालकै कुटाई खाएका छन् । कमल पोखरी बृत्तको मातहत रहेको काठमाडौं प्लाजास्थित डिस्को टाइम्स स्क्वायरमा उनले कुटाइ खाएका हुन् । मादक पदार्थ सेवन गरी होस गुमाएका उनलाई सो डिस्कोका बाउन्सरले कुटपिट गरेका हुन् । बाउन्सरसँग भनाभन भएकै भरमा डीएसपी सिलवाललाई सो डिस्कोका सञ्चालक तथा बाउन्सरले ज्यानै लिने उद्देश्यले कुटपिट गरेको स्रोतले बतायो ।

कुटपिटका कारण उनको टाउकोमा गम्भीर चोट लागेको छ । डीएसपी सिलवालको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा दश टाँका लगाइएको छ ।

Comments