मेलबर्न । स्टुडेन्ट टकमा यसपटक हामीले चितवनबाट मेलबर्न आएका प्रदीप पौडेलसँग कुराकानी गरेका छौं । उनी अहिले मेलबर्नस्थित आपोली कलेजमा आइटी विषय लिएर अध्ययन गर्दैछन् । प्रस्तुत छ उनीसँग गरिएको छोटोमीठो कुराकानी:

तपाईको घर कहाँ पर्छ ?
प्रवतिपुर–६ चितवन ।

कहाँ पढ्दै हुनुहुन्छ ?
म मेलबर्नस्थित आपोली कलेजमा अध्ययन गर्दैछु ।

के पढ्दै हुनुहुन्छ ?
म आइटी विषय पढ्दैछु ।

आफूले रोजेको विषय कि परिवारले रोजेको ?
म आफैंले राजेको विषय हो ।

विद्यार्थी जीवन किन रमाइलो ?
विद्यार्थी जीवन जति संघर्षपूर्ण छ,त्यति नै रमाइलो पनि । हामी भोलि कुन गन्तव्यमा पुग्ने,त्यसको निर्णय हामी आफैंले विद्यार्थी जीवनमा गर्न पाइन्छ । त्यसैले विद्यार्थी जीवन जिन्दगीकै सबैभन्दा महत्वपूर्ण र एड्भेञ्चरपूर्ण पल हो ।

Student Talk 0

विद्यार्थी जीवन किन नरमाइलो ?
विद्यार्थी जीवन भनेकै पढ्नु र करियरको बारेमा सोच्ने समय हो । त्यसैले यो तनावपूर्ण पनि हुन्छ । अधिकांश समय अध्ययनमै दिनुपर्ने भएकोले अरु कामका लागि समय नै पाइदैन । यसले कहिलेकाहीं दिक्क लगाउँछ ।

कलेजमा लभ गर्नु ठीक हो ?
मलाई कलेजमा हुने लभको कुनै अनुभव र ज्ञान छैन ।

लेक्चर मीठो कि लभलेटर ?
मेरो विचारमा जब दिक्क लाग्दो विषयमा पट्यार लाग्दो लेक्चर शुरु हुन्छ,त्यतिखेर पढ्न पाए लभलेटर कति मीठो लाग्थ्यो होला । हाहाहा…

कक्षामा कस्तो बेला निदाइन्छ ?
कक्षाकोठामा निदाउँने अनुमति नै छैन,कसरी निदाउँनु ? हाहाहा

कक्षामै देखेको कुनै मीठो सपना ?
अनि कक्षामा निदाउँन नपाएपछि सपना पनि कसरी देख्नु नि !

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको जीवन कस्तो छ ?
अष्ट्रेलियामा विद्यार्थी जीवन निकै कठिन छ । तर यहाँको पढाउँने शैली,गृहकार्य कसरी गर्ने,कसरी आत्मनिर्भर बन्ने लगायतका कुराहरु जान्न पाइन्छ । वास्तवमा जीवन के हो र यो कति संघर्षपूर्ण छ भन्ने मैले यही आएर थाहा पाएँ । मेरो विचारमा हामी नेपालीलाई पढ्न र काम गर्न पनि अष्ट्रेलिया सबैभन्दा उत्कृष्ट देश हो ।

Comments