मुलुकको पहिलो चिडियाखाना सदर चिडियाखाना अहिले आर्थिक रूपमा समेत सम्पन्न बन्दै गएको छ । आर्थिक वर्ष २०७०-७१ मा अघिल्लो वर्षको तुलनामा  तीन करोड ७३ हजारले आर्थिक कारोवारमा वृद्धि भएको छ ।

अघिल्लो आवमा  पाँच करोड मात्र आम्दानी गरेको चिडियाखानाले आव २०७०-७१ मा रु आठ करोड ७३ हजार आम्दानी गरेको चिडियाखानाका प्रमुख सरिता ज्ञवालीले जानकारी दिइन् ।

प्रमुख ज्ञावलीका अनुसार २०७० वैशाखबाट शुल्कमा वृद्धि गरिएकाले आम्दानीमा वृद्धि भएको हो । शुल्कवृद्धि गरेसँगै प्रवेश शुल्क  १०० निर्धारण गरिएको छ । त्यसभन्दा अगाडि रु ६० प्रवेश शुल्क रहेको थियो।

दोस्रो संविधानसभा निर्वाचनको समयमा अवलोकनकर्ता अत्यन्त कम सङ्ख्यामा आएकाले शुल्क वृिद्ध गरे पनि आशाअनुरुप आम्दानी हुन नसकेको सूचना अधिकृत हरि सिंहको भनाइ छ ।

सिंहका अनुसार आव २०७०-७१ मा भन्दा चिडियाखानामा अवलोकनकर्ताको सङ्ख्या त्यसभन्दा अघिल्लो आर्थिक वर्ष धेरै भएकोमा थियो । आव ७०-७१ मा अवलोकनकर्ताको  सङ्ख्या १० लाख २१ हजार ६१४ रहेकामा अघिल्लो आर्थिक वर्षमा १० लाख ५३ हजार ७६ रहेको थियो ।

Comments