काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मधेस आन्दोलनको  ब्रिफिङ  गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सबै नेताहरु आज दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा दिल्ली पुगेको दावी गरेका मधेसी मोर्चाका नेताहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र कांग्रेस नेता करण सिंहलाई पनि मधेस आन्दोलनका बिषयमा  ब्रिफिङ  गर्ने कार्यक्रम तय गरिएको स्रोतले बताएको छ ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव शनिवार नै दिल्ली पुगिसकेका छन् । संघिय समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पाटीका अध्यक्ष महन्थ ठाकुर आज दिल्ली प्रस्थान गरेका छन् ।

उनीहरुलाई दिल्लीको ताज होटलमा बस्ने ब्यवस्था गरिएको छ । धेरै बैठकहरु ताज होटलमै निर्धारण गरिएको स्रोतले बताएको छ । आज दिउँसो १२ बजे भारतीय जनता दल यूनाइटेडका अध्यक्ष शरद यादवसँग मधेसी मोर्चाको छलफल हुने भएको छ । मधेसी मोर्चाका नेताहरुले दिउँसो ४ बजे भारतीय जनता पार्टीका नेता करण सिंहलाई भेट्ने छन् भने त्यसपछि ५.३० मा डीवी त्रिपाठीलाई भेट्ने कार्यक्रम रहेको छ ।

त्यसपछि मोर्चाका नेताहरुले साँझ ७.३० बजे भारतीय विदेशमन्त्री स्वराजलाई मधेस आन्दोलनका बिषयमा व्रिफिड गर्ने भएका छन् । व्रिफिड पछि भारतीय विदेशमन्त्रीले मोर्चाका नेताहरुलाई रात्री भोज दिने कार्यक्रम तय गरिएको छ ।

Comments