-जेरिका साना,मेलबर्न

तपाई फेसन ट्रेण्ड किन फलो गर्नुहुन्छ ?
सामान्यतया सबैले आफू राम्रो देखिन फेसन ट्रेण्ड फलो गर्ने हो । यस्तै आफ्नो व्यक्तित्व बढाउँन,आकर्षक देखिन र कहिले काहीं आफूलाई मन पर्ने मान्छेको मन जित्न पनि फेसन आवश्यक छ ।

के तपाई आफूलाई फेसनप्रति सजग व्यक्तिको रुपमा लिनुहुन्छ ?
हो,म फेसनप्रति एकदमै सचेत छु ।

सुन्दरता र फेसनमा कुन महत्वपूर्ण छ ?
फेसन भन्दा बढी महत्वपूर्ण त सौन्दर्य नै हो नि । त्यही भएर त हो नि फेसन डिजाइनरहरुले पनि आफ्नो फेसनको प्रवद्र्धनका लागि राम्रो अनुहार र शरीर भएको मोडलहरु खोज्ने ।

तपाईले आफ्नो सुन्दरता र फेशन लिएर सबैभन्दा राम्रो कम्प्लिमेन्टस् कहिले पाउँनुभएको थियो ? तपाईलाई सम्झना छ ?
त्यस्तो विशेष यादगार कम्प्लिमेन्टसको सम्झना त छैन । तर मान्छेहरुले मेरो ड्रेसिङ सेन्स चाहिं राम्रो छ । त्यसैले मैले जे लगाए पनि स्मार्ट देखिन्छु भन्छन् ।

style and mate

के तपाई ऐना विना पनि बाँच्न सक्नुहुन्छ ?
हाहाहा..म मात्र होइन सबै केटीहरुलाई ऐना विना त बाँच्नै गाह्रो हुन्छ होला ।

तपाई कस्तो पहिरन लगाउँन रुचाउँनुहुन्छ ?
म आफूलाई आराम हुने र राम्रो देखिने जुनसुकै किसिमको लुगा लगाउँछु ।

फेसन आत्मसन्तुष्टिका लागि आवश्यक कि अरुको आकर्षणका लागि ?
मेरो लागि फेसन भनेको सबैभन्दा पहिले त आफ्नो आत्मसन्तुष्टिका लागि हो ।

तपाईको सौन्दर्यको राज ?
नभनौं होला । किनभने कुनै कुनै कुरा रहस्यमै रहेको राम्रो हुन्छ भन्छन् ।

मानौं तपाईले २० हजार डलर बराबरको शपिङ कुपन जित्नुभयो भने कसरी खर्चनुहुन्छ ?
वाउ,त्यो त ठूलो धनराशी हुनेछ । सबैभन्दा पहिले त म लुगाहरु,जुत्ताहरु किन्थें । तर मेरो लागि नभई वृद्धाश्रमका आमा वुवाहरुलाई । त्यसपछि आफ्ना लागि केही गहना किन्थें । अनि घर सजाउन एन्टिक फर्निचर,ऐना र सजावटका अन्य सामानहरु किन्थें । फेसन भनेको त हामीले जे लगाउँछौं,त्यही फेसन हो । त्यसका लागि २५ डलरदेखि १०० डलर भए मज्जाले पुग्छ । मात्र यति हो कि हामीले आफूलाई सुहाउँने डिजाइन र कलर छान्न सक्नुपर्छ ।

xrika

Comments

comments