एजेन्सी  । आर्सलन इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा आर्सनलले सन्डरल्याण्डलाई ३–१ ले हरायो ।

आर्सनका लागि ३३ औं मिनेटमा जोएल क्यामबेलले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ४५ औं मिनेटमा आर्सनलका ओलिभर जिरउडले आत्मघाती गोल गरेपछि १–१ को अवस्थामा पुग्यो । ६३ औं मिनेटमा जिरउडले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । ९० औं मिनेटमा  आरोन रामसीले गोल गरेपछि आर्सनल ३–१ ले विजयी भयो । जितपछि दोस्रो स्थानमा उक्लिएको आर्सनको १५ खेलबाट ३० अंक भएको छ । १५ खेलबाट १२ अंक जोडेको सन्डरल्याण्ड १८ औं स्थानमा छ ।

शनिबार राति नै भएको खेलमा स्टोक सिटीसँग २–० ले पराजित भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ । स्टोकको जितमा दुवै गोल मार्को आर्नोटोविचले गरे । आर्नोटोविचले सातौं र १५ औं मिनेटमा गोल गरे । म्यानचेस्टर सिटीको १५ खेलबाट २९ अंक छ । १० औं स्थानमा रहेको स्टोकको १५ खेलबाट २२ अंक भएको छ ।

Comments

comments