मेलबर्न । नेपाली चलचित्रको राम्रो बजारको रुपमा रहँदै आएको अष्ट्रेलियामा यसपटक भने बाटोमूनिको फूल २ को पालो जुरेको छ ।

नेपालमा समेत प्रदर्शन हुन बाँकी बहु प्रतीक्षित बाटो मूनिको २ पहिलोपटक अष्ट्रेलियाली दर्शकहरुबीच ग्राण्ड प्रिमियर गर्न लागेको हो ।

गायक यसकुमारको निर्माण र प्रस्तुतिमा सुवर्ण थापाले निर्देशन गरेको यो चलचित्र आज मेलबर्नस्थित भिलेज सिनेमा क्राउन क्यासिनोमा प्रिमियर हुँदैछ । अपरान्ह ४ बजे शुरु हुने बाटो मूनिको फूल २ को प्रदर्शनसँगै गायक यशकुमारको लाइभ सांगीतिक प्रस्तुति समेत रहनेछ ।

बुद्ध ट्राभल्स एण्ड टुर्सले यो चलचित्रलाई मेलबर्नका दर्शकहरुबीच प्रदर्शन गर्ने व्यवस्था मिलाएको हो ।

Comments

comments